काठमाडौं– माघे संक्रान्ति, नेपालीहरुले यो पर्वलाई विशेष रुपमा मनाउँने गर्दछन्। संग्रान्तिमा घ्यू, चाकु, तरुल, सखरखण्डा, पिडालु खाने प्रचलन छ। माघ १ गतेको दिन माटोमुनि फलेका कन्दमुल साथै चाकु, तिलको लड्डु पनि खाने प्रचलन छ।
धेरैजसो चाडपर्वमा खाइने खानेकुरा समय र शरीरको आवश्यकता अनुसार पनि निर्धारण गरिएको हुन्छ। आजको दिन खाइने यस्ता खानेकुराले शरीरलाई शक्ति दिनुका साथै, आवश्यक पोषक समेत पूर्ण गरिदिन्छ। नेपाली समाजमा एउटा भनाई छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने। तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ।
तरुलका फाइदाहरु
तरुलमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिन्छ। तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ। यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ।
तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ। यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ, त्यसैले तरुलको महत्व स्वास्थ्यको लागि अचुक औषधि प्रमाणित भएको छ।