एजेन्सी — इन्डोनेसियाका वन्यजन्तु अधिकारीहरुले सबैभन्दा ठूलो र लामो राक्षसी फूल भेट्टाएका छन्। राफ्लेसिया फूललाई प्राय ‘राक्षस फूल’ को नामले चिनिन्छ। यसको परजीवि गुण र प्रतिकूल दुर्घन्धका कारण यो फूललाई राक्षस भनिएको हो। पश्चिम सुमात्राको जंगलमा फूलेको राफ्लेसिया बोट झन्डै ४ फिटको छ।
प्राकृतिक स्रोत तथा संरक्षण केन्द्रका अनुसार पश्चिम सुमात्रामा फुलेको राफ्लेसिया फूल अहिलेसम्मको ठूलो फूल हो। सन् २०१७ मा पनि यो स्थानलाई सबैभन्दा ठूलो राक्षसी बोट पाउने स्थानको रुपमा रेर्कड कायम गरिएको थियो। त्यो समयमा राफ्लेसिया ४ इन्चको मात्र थियो।
यो विरुवाको कुनै पात र हांगा छैन, यो परजीवी हो। फूलको डरलाग्दो मुखले सडेको मासुको जस्तै गन्धको फाल्ने गर्छ। यसलाई ‘लाशको फूल’ उपनाम दिइएको छ। यसको र्दुगन्धले किराहरुलाई आकर्षित गर्छ। यसको जीवन छोटो छ। यो फूलको मुख एक हप्तासम्म खुला रहन्छ। र याे फुल बोट मर्नुअघि नै मर्छ।