काठमाडौं– केही तरकारी यस्ता हुन्छन्, जसको सेवन गर्दा सुगर नियन्त्रणमा रहन्छ। हरियो पत्तेदार तरकारी दैनिक खाने हो भने डाइबिटिजबाट बच्न सकिन्छ। सुगर नियन्त्रणकाे लागि ब्रोकाउली खानु लाभदायक मानिन्छ।
ब्रोकाउलीमा भरपूर मात्रामा फाइबर हुन्छ। त्यसैले मधुमेहका बिरामीलाई अत्यन्त लाभ पु¥याउछ। फाइबरको उच्च मात्राको अलावा यसमा क्यालोरी निकै कम हुन्छ र पर्याप्त मात्रामा भिटामिन ए र सी हुन्छ। ब्रोकाउलीको सेवन गर्दा वजन घटाउन पनि सहयोग पुग्छ।
मधुमेहका बिरामीहरुका लागि सिमी एउटा राम्रो विकल्प हो किनकि यसमा अधिक मात्रामा प्रोटिन हुन्छ। यसका अलावा अन्य पोषक तत्व पनि हुन्छन्, जस्तै प्रोटिन, आइरन, क्याल्सियम, पोटासियम, भिटामिन ए, फोलेट र म्याग्नेसियम आदिले कार्बोहाइड्रेडलाई चाँडै टुक्र्याउने काम गर्दछ।
यसैगरी काउलीमा भिटामिन ए र के भरपुर मात्रामा पाइन्छ। जबकि यो म्यागजिन, फाइबर र भिटामिन बी ६ को खजाना हो। यसमा रहेको एन्टी अक्सिडेन्ट्सले मधुमेहका रोगीलाई औषधिको काम गर्छ।