काठमाडौं– अनलाइन ट्याक्सी बुकिङको सेवा दिँदै आएको सारथीको सेवा लिने यात्रुहरुले अब फोन–पे मार्फत ट्याक्सीको भाडा तिर्न सक्ने छन्। यात्रुहरुले विभिन्न बैंकका मोबाइल बैकिङ एप तथा ई–सेवाको एप मार्फत ट्याक्सीमा रहने क्यूआर कोड स्क्यान गरेर भाडा तिर्न सक्ने व्यवस्था कम्पनीले मिलाएको हो।
यसरी भाडा तिर्दा हरेक क्युआर स्क्यानको पेमेन्टमा यात्रुको खातामा बीस रुपैयाँ फिर्ता हुने व्यवस्था मिलाइएको सारथीले जनाएको छ। त्यति मात्र होइन फोन–पे मार्फत भाडा तिर्ने एक जना यात्रुले प्रत्येक दिन ५ सय रुपैयाँ पुरस्कार समेत जित्न सक्ने छन्। हाल सारथी अन्तरगत ३५ सय ट्याक्सी आवद्ध छन्।
सारथीको मोबाइल एप डाउनलोड गरी सारथीका ट्याक्सी बुक गर्न सकिने छ। अथवा ०१४२१७१७१ मा फोन गरी बुक गर्न पनि सकिने छ। यसरी बुक गरेको ट्याक्सी तपाईं भएकै स्थानमा लिन आइपुग्नेछ। त्यस वापत यात्रुले अतिरिक्त शूल्क व्यहोर्नु पर्दैन र नियमित भाडादरमै ट्याक्सीको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
सारथीको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस्।
आईफोन प्रयोगकर्ता हाे भने यहाँ क्लिक गर्नुहोस्।