एजेन्सी– एन्ड्रोयडमा आधारित सवारी साधनका लागि गूगलले तयार पारेको ‘एन्ड्रोयड अटो’ १० करोड भन्दा बढी डाउनलोड भएकाे छ। गूगल प्ले स्टोरमा उपलब्ध रहेको याे एपले हालसम्म ८० लाख रिभ्यूज प्राप्त गरेको छ भने ५ मध्ये ४ रेटिंग प्राप्त गरेको छ।
गूगलको ‘एन्ड्रोयड अटो’ ५ वर्षअघि सार्वजनिकरुपमा प्रयोगका लागि उपलब्ध गराएकाे थियो। हाल यसमा असिस्ट्यान्ट सपोर्टका साथै रेस्पोन्सिभ यूआई पनि राखिएको छ।
‘एन्ड्रोयड अटो’ हाल हजारौं गाडिहरुमा सपोर्ट गर्दछ जसकारण याे हजारौं इन्फोटेनमेन्ट सिस्टमहरुमा प्रयोग भईरहेको छ। तर तपाईँको कार पुरानो छ भने त्यसमा अटो यूआई रहेको छ जसले तपाईँको फोन प्रयोग गर्न सहज बनाउँछ र यात्राको समयमा सुरक्षित पार्दछ।