काठमाडौं– विश्व रेकर्ड बनाउन सफल गाडी उत्पादक कम्पनी ब्राइसन ब्राण्डका इलेक्ट्रीक बस नेपाली बजारमा आउने भएको छ।कम्पनीले सन् २०१५ मा एकपटकको फुल चार्जमा बसलाई एक हजार १८ किलोमिटर गुडाएर विश्व किर्तिमान बनाएको थियाे।
उक्त बसलाई हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले नेपाली बजारमा ल्याउने भएको छ। अष्ट्रेलियन प्रविधिमा तयार भएका यी बसमा प्रयोग भएको व्याट्रीमा २० वर्षको ग्यारेन्टि प्रदान गरिने छ भने व्याट्रीलाई चार्ज गर्न ४ देखि ८ घण्टा लाग्ने कम्पनीले जनाएको छ।
कम्पनीको आधिकारीक वेभ साइटमा उल्लेख गरिए अनुसार यी बसमा प्रयोग भएका इलेक्ट्रीक मोटरले १०७ बीएचदेखि १८७ बीएचसम्मको पावर प्रदान गर्ने छ भने ६०० एनएम टर्क प्रदान गर्नेछ।