एजेन्सी– प्रविधिको यति सम्म विकास भइसकेकाे छ कि अब मान्छेको दिमागमा सिधै कुनै पनि विषयको ज्ञान तथा जानकारी हाल्न सकिने भएकाे छ। याे सुन्दा अच्चम्म नमान्ने काेहि नहाेलान्। तर वैज्ञानिकहरुले यसका लागि केही हदसम्म आफूहरुले सफलता हात पारेको जनाएका छन्।
वैज्ञानिकका अनुसार यसको सफल परीक्षणसँगै मान्छेको दिमागमा सिधै कुनै पनि विषयको सूचना तथा जानकारी हाल्न सकिनेछ। जसले गर्दा छोटो समयमा जो सुकैलाई कुनै विषयमा पूर्ण जानकार बनाएर काममा लगाउन सकिने उल्लेख छ।
त्यसका लागि वैज्ञानिकले ‘म्याट्रिक्स–स्टाइल इन्स्टेन्ट लर्निङ ए रियालिटी’ को पहिलो चरणको सफ्टवेयर निमार्णमा सफलता हात पारेको उल्लेख गरिएको छ।