काठमाडौं– सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ। मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन्। दाल, फल, तरकारीबाहेक पशुबाट प्राप्त हुने दूध र दूधबाट बनेका अनेकौँ सामग्री पनि शाकाहारकै श्रेणीमा गनिन्छन्। मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी। मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी हुन्छ त्यसका कारण मांसाहारी भन्दा शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वस्थ्यवर्द्धक हुन्छ।
शाकाहारी भोजनका फाइदाहरु
१. शाकाहारी भोजन हलुका हुन्छ,जसलाई सहजै पचाउन सकिन्छ
२. शाकाहारी भोजन सेवन गर्न कम ऊर्जा खपत हुन्छ
३. शरीरमा स्फुर्ति पनि बढाउँछ
४. मानिसमा मानसिक रोगको सम्भावना कम रहन्छ
५. यस प्रकारको भोजनले मानव मष्तिकलाई ताजा र टाठो बनाउने गर्दछ
६. मांसाहारीमा सबै पोषण पाउन सकिन्छ
७. पाचनप्रणालीलाई नै बलियो बनाउने गर्दछ
८. शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ
९. भोजन गर्नेमा छिटो बिरामी हुने र गम्भीर रोग खतरा कम हुन्छ
१०. शाकाहारी भोजनमा विषाक्त पदार्थ कम हुन्छ
११. शाकाहारी भोजनले विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ
१२. रक्तचाप सन्तुलित राख्न उत्तम हुन्छ
१३. शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कम हुन्छ
१४.मुटुरोग, कोलेस्ट्रोल लगायतका रोग हुने सम्भावना न्यून हुन्छ
१५. शाकाहारी भोजनमा हृदयघातको सम्भावना कम हुन्छ