काठमाडौं– रगतको खराबी भएमा छालामा विभिन्न असर देखिन्छ। छालामा दाग धब्बा, घाउ वा कुनै संक्रमण हुन्छ भने त्यो रक्तविकारको कारण पनि हुन्छ। यस्तो समस्या भएमा खासै चिन्ता लिनुपर्दैन। यसलाई घरेलु बिधी अपनाएर रक्तविकारको समस्याबाट छुटकारा पाउन पनि सकिन्छ।
अदुवा र कागती– अदुवाको छोटो–छोटो टुक्रा पिसेर त्यसमा कागतिको केहि थोपा रसमा मरिच र थोरै नुन लगाएर बिहान खाली पेटनमा नियमित यस्तो मिश्रण सेवन गर्नाले रगत सफा हुन्छ।
चिराइतो– चिराइतो रक्त बिकार हटाउनका लागि रामबाण औषधी हो। बिहान चिराइतोको केहि पत्ता पिसेर एक गिलास पानीसँग मिश्रण बनाइ पिएमा केहि हप्तामा रगत सफा भएको अनुभव गर्न सकिन्छ।
नीम– रगत सफा गर्नका लागि नीम सबैभन्दा राम्रो बिकल्प हो। बिहान खाली पेटमा नीमको केहि काँचो पात चपाउने र पानी पिउने। यो क्रम केहि हप्ता दोर्होयाएपछि रगत सफा हुन्छ।
बेसार– बेसार रगत सफा गर्ने अचुक औषधी हो। यसले रगतमा भएको बिकार पदार्थ पिसाबको माध्यामबाट बाहिर निकाल्छ।
लसुन– विहान खाली पेटमा केहि केस्रा लसुन सेवन गर्नुपर्छ। यसले फंगल इन्फेक्सनबाट मात्र बचाउँदैन, रगत शुद्ध पनि गर्छ।
तुलसी– विहान उठेर खाली पेटमा तुलसीको पत्ता सेवन गर्नुपर्छ, यसले रगत शुद्ध त बनाउँछ नै, शरीरमा अक्सिजनको मात्रा पनि पुरा गर्छ।
अमला– अमला समग्र स्वास्थ्यका लागि चमत्कारिक फल हो। भिटामिन सिले भरिपूर्ण अमलाले कलेजोको कार्यक्षमता बढाउँछ र शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
मेथी– रगतको कमी र खराबी हटाउनका लागि मेथी राम्रो बिकल्प हो। मेथी दानालाई राती पानीमा भिजाउने र बिहान सोहि पानी खाली पेटमा पिउने गर्नुपर्छ।