काठमाडौं– बालुवाटारमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ। नेत्रविक्रम चन्द (विप्लव) समूहले राखेको बम राती ११ बजे निष्कृय पारेको हो।
नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेको अनुसार कुकर बम निष्कृय पारिएको हो। विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो। विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो।
बालुवाटार जग्गा प्रकरणमा मुख्य आरोपी शोभाकान्त ढकालको घरमा समेत बम बिष्फोट गराएका थिए। विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको र गेटमा क्षति पुगेको छ। यस्तै पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति पुगेको छ।