काठमाडौं– दाँतलाई सौन्दर्यको हिस्सा मानिन्छ। अनारका दाना जस्ता मिलेका, मोती झै चम्किला दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ। सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ। दाँत सफा र बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ।
दाँत खराब भएमा खिया लाग्ने हुन्छः
खासगरी सूर्ति, गुट्खा सेवन गर्नेहरुको दाँतमा खिया लागेको देखिन्छ। दाँतलाई उचित हिसाबले सफा नगर्दा दाँतमा खिया लाग्छ। धुमपान, कैफिन, सुर्तीजन्य पदार्थले त दाँतलाई कुरुप नै बनाउँछ।
दाँतलाई कसरी चम्किलो बनाउनेः
सुन्तलाको ब्रोका– जाडो मौसममा प्रायः सबैका घरमा सुन्तला पाइन्छ। प्रत्येक पल्ट सुन्तला खाएपछि त्यसको बोक्राले दाँतमा दल्ने। सुन्तलनाको बोक्रा दातमा दल्नाले दाँत सेतो हुनुका साथै दातमा परेको खिया आफै हटेर जान्छ। साथै यसले दाँतमा दाग लाग्न नदिनुका साथै किटाणुको संक्रमण हुन दिदैन र दाँत चम्किलो देखिन्छ।
बेकिङ सोडा– बेकिङ सोडालाई फोहर हटाउने प्राकृतिक उपायका लिन सकिन्छ। एक चम्चा बेकिङ्ग सोडामा एक चिम्टी नुन मिसाउने र भिजेको ब्रसलाई उक्त मिश्रणमा डुवाएर अन्य बेला झै दाँतलाई राम्ररी माझ्नुपर्छ। यसले दाँतमा जमेको सबै फोहर केही समयमै सफा गर्छ।
ग्लिसिरिन र एलोभेरा– दाँतको लागि ग्लिरिन तथा एलोभेराको मिश्रण पनि निकै उपयोगी मानिन्छ। ग्लिसिरिन तथा एलोभेरायुक्त प्राकृतिक मञ्जन तयार पार्नको लागि एक कप पानीमा आधा चम्चा बेकिङ्ग सोडा मिलाएर त्यसमा एक चम्चा एलोभराको जेलमा करिब चार चम्चा भेजिटेबल ग्लिसिन र एक चिया चम्चा कागतीको एसेन्सियल आयल मिलाएर मिश्रणलाई मञ्जनको रुपमा दाँतमा प्रयोग गरौं र हेरौं क्षणभरमै दाँत सेतो तथा चम्किलो हुनुका साथै आर्कषक पनि देखिन्छ।
भेनेगर– दाँतको लाथि भेनेगरको प्रयोग खासै मिठो मानिदैन। यद्यपी, दात सफा गर्नको लागि भेनेगरको प्रयोग विना कुनै समस्या दातलाई चम्किलो बनाउन शतप्रतिशत राम्रो मानिन्छ। दुई चियाचम्चा भेनेगरमा एक चियाचम्चा नुन र चार आउन्स पानीलाई मिसाएर त्यसको मिश्रण तयार पार्ने। अब यो मिश्रणलाई केही दिनको लागि दात सफा गर्नको लागि प्रयोग गर्ने। यसले दाँतमा लागेको दागका साथै दाँतको काई हटाउन मद्दत गर्छ।