काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गौरी मल्लको आज माघ २ गते जन्मदिन परेको छ। आज जन्म दिन परेको गौरी मल्ललाई विहानैदेखी शुभकामनाको ओइरो लागेको छ।
जन्मदिनमा उनकी छोरीले पनि सामाजिक सञ्जाल फेसबुकबाट शुभकामना दिएकी छिन्। अभिनेत्री मल्लले आफ्नी छोरीले जन्मदिनको शुभकामना दिदा यो बर्षको पहिलो केक भन्दै धन्यवाद दिएकी छिन्।
नेपाली चलचित्र ‘ सन्तान ’ बाट चलचित्र क्षेत्रमा गौरी मल्ले प्रबेश गरेकी थीईन। उनले मामाघर, बसन्ती, खानदान, सिंहदरबार लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी थीईन्। उनले सन् २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीूको पुरस्कार पनि पाएकी छिन्।