काठमाडौं – गोपीकृष्ण ब्यानरमा बन्ने फिल्म ‘माइकल अधिकारी’ फ्लोरमा गएको छ। बुधवारबाट फिल्मको छायांकन शुरु गरिएको छ। सरोगेसी (कोख भाडामा) को कथामा आधारित यो फिल्ममा मूख्य भूमिका सौगात मल्ल र सृष्टि श्रेष्ठको रहनेछ।
निर्माण टिमले फिल्ममा आशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको समेत अभिनय रहने जानकारी दिए।
रञ्जित रौनियारले निर्देशन गर्ने यो फिल्ममा उद्धव पौडेल प्रस्तुतकर्ता रहेका छन् भने निर्मातामा निरक पौडेल छन्। निर्देशक रञ्जितकै कथा, शैलेश कँडेल क्षेत्रीको पटकथा र संवाद रहनेछ। यस्तै फिल्ममा शम्भुजित बास्कोटा र निलेश सिंहको संगीत र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने निर्माण टिमले जनाएको छ।
फिल्मको सम्पूर्ण छायांकन बिर्तामोड र इलाममा गरिनेछ। ३५ दिनमा छायांकन सकिने निर्माण टिमको भनाई छ।