काठमाडाैं – पुक्क निस्किएको पेटको समस्याले धेरैलाई पिरोेलेको छ। समयमा नखाने, धेरै कार्बोहाइड्रेडयुक्त खाना खाने, व्यायाम नगर्ने जस्ता थुप्रै कारणले पेट पुक्क फुलेर आउँछ। यस्ता कारणहरु हुँदाहुँदै पनि तनावको कारणले पनि यस्तो समस्या हुने गर्दछ।
प्रायः सबैको जस्तो समस्याको रुपमा रहेको पेट बढ्ने समस्या हरेक उमेर समूहमा देखिन थालेको छ। पेट बढ्नु भनेको विभिन्न प्रकारका रोगलाई निम्ता दिनु हो भन्ने जान्दाजान्दै पनि यसको समस्याबाट मुक्ति पाउन भने सहज नहुने डाक्टरहरु बताउँछन्।
पेट बढ्दा पाचन प्रक्रियामा समेत समस्या आउने, कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना बढ्दै जान्छ। त्यति मात्र होइन अल्सर र पथ्थरी जस्ता रोग लाग्ने सम्भावना पनि हुन्छ। जो मानिस अफिसमा बसेर काम गर्छन्। जो पेट भर्नको लागि जङ्ग फुड खाने गर्छन्। त्यस्ता व्यक्तिहरुको पेट छिटो बढ्ने गर्छ।
पेट गम्भीर बिरामीहरुको संकेत हो त्यसैले समयमा नै यसको समाधान खोज्न जरुरी छ। तनाव वा चिन्ता लिनेको पेट अत्यधिक बढ्ने र शरीरमा कार्टिसोल जस्ता हर्मोनहरु सक्रिय हुन्छन्। जसले झनै तनावमा वृद्धि गराउँछ, शरीरमा फ्याट जम्मा हुन थाल्छ, भोक कम लाग्छ, उक्त हर्मोन सक्रिय हुँदा निन्द्रा कम लाग्ने हुन्छ, जसको कारण पाचन प्रक्रियामा समस्या आउँछ।
खानपान अनियमित हुँदा यसको असर सीधा पेटमा देखिन थाल्छ। पेट घटाउने विभिन्न तरिकामध्ये योग, विहानै पैदल हिँड्ने, सास भित्र बाहिर गर्ने जस्ता कार्यहरु नियमित गर्नुपर्ने हुन्छ।