एजेन्सी – रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले देशको संविधानमा व्यापक फेरबदल गर्ने प्रस्ताव गरेको केही घण्टापछि उनले पदबाट राजीनामा दिएका हुन्।
प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएसँगै उनको नेतृत्वमा रहेको सरकार विघटन भएको छ। मेदभेदेवका अनुसार राष्ट्रपति पुटिनले गरेको प्रस्ताव पारित भएमा सत्ता सन्तुलनमा महत्वपूर्ण परिवर्तन हुनेछ। प्रस्ताव लागु भए संविधानका सबै धारा फेरिने र सत्ता सन्तुलन तथा शक्तिको स्वामित्वमा पनि परिवर्तन आउने भएकाले राजीनामा दिएको मेदभेदेवले बताएका छन्।
लामो समय रुसको शक्तिमा रहनका लागि पुटीनले यस्तो प्रस्ताव गरेको विश्लेषण गरिएको छ। २०२४ मा पुटिनको चौथो कार्यकाल सकिँदै छ। हाल कायम रहेको संवैधानिक व्यवस्था अनुसार पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति बन्न पाउने छैनन्। त्यसैले उनले संविधान फेरबदलको प्रस्ताव ल्याएको बताइएको छ।