एजेन्सी– गुणकारी अंगुर स्वादिलाे हुनुकाे साथै यसमा पौष्टिक तत्व पनि भरपुर मात्रामा उपलब्ध हुन्छ। यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन्। एक महिनासम्म दैनिक अंगुर खाएमा यसले शरिरलाई निकै फाइदा पुर्याउनेछ।
यस्ता छन् अंगुर खानुका फाइदाहरूः
पाचनक्रिया बलियो बनाउँछ
अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ। अंगुरमा विशेषगरी इन्सोलुबल अघुलनशील फाइबर हुन्छ। यसले पेटलाई सफा राख्न मद्दत गर्छ। कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ। अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ।
मुटु स्वस्थ राख्न मद्धत गर्छ
अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ। यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ।
शरीरलाई उर्जा प्रदान गर्छ
अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस। सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ। एक गफ्फा अंगुर मुखमा हालेमा पनि उर्जावान् भएकाे महसुस हुन्छ। यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ। यसकारण अंगुरले लामो समयसम्म ऊर्जा दिने गर्छ।
मृगौला स्वस्थ राख्न सहयाेग गर्छ
अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ। यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ। यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ।
विभिन्न क्यान्सरबाट जोगाउँछ
अंगुरमा एन्टिक्यान्सर गुण पनि हुन्छ, जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ। अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सर लाग्नबाछ बचाउँछ।
मांसपेशी बलियो बनाउँछ
अंगुरले मांसपेशीलाई बलियो बनाउनुका साथै शक्ति वृद्धि गर्छ। युनिभर्सिटी अफ जर्जियाको डिपार्टमेन्ट अफ किनेसियोलोजीले मुसामाथि गरेको एक अनुसन्धानका अनुसार अंगुरको बोक्रामा पाइने क्याटेचिन्स, क्वेरसेछिन र रेस्भेराट्रोलले धेरै बेरसम्म दौडँदा पनि थकान महसुस नगराउने र शरीरलाई फिट पनि राख्दछ।