एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाको माथि बुधबार ४–१ को जित हासिल गर्दै लिग वानमा ८ अंकको अग्रता लिएको छ।
३–३ को बराबरी खेलेको ३ दिन पछि भएको अर्को खेलमा पिएसजीलाई जित दिलाउन मोकाकोका पूर्व स्टार केलियन एमबाप्पेले २ र नेयमारले पेनाल्टीमा एक गोल गरे।
दोस्रो हाफमा परिवर्तन भएका पाब्लो सर्बियनले पनि पिएसजीका लागि अर्को गोल थपेका थिए। टिमेउ बाकायोकाले गोल फर्काएपनि त्यो सात्वनामा सिमित भएको थियो।
२० खेलपछि शीर्षस्थानको पिएसजीको ४९ अंक पुगेको छ। दोस्रो स्थानको ओलम्पिक डि मार्सेलीको ४२ अंक छ। तेस्रो स्थानको टोली मार्सेली भन्दा ५ अंकले पछाडि छ। २९ अंकसहित मोकाको नवौं स्थानमा छ।