एजेन्सी – म्यानचेष्टर युनाइटेड एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ। उल्भ्सलाई बुधबार राती १–० ले हराउँदै युनाइटेडले चौथो चरणको यात्रा तय गरेको थियो।
हुवा माटाको एक मात्र गोलमा युनाइटेड विजयी भएको हो। उनले ६७ औं मिनेटमा गोल गरेका थिए। घरेलु मैदानमा उच्च प्रदर्शन गरेको युनाइटेडले थप गोलका अवसर पाएर पनि सदुपयोग गर्न सकेन।
एफए कपकै अर्को खेलमा कार्डिफ सिटीले कार्लिस्ली युनाइटेडलाई ४–३ ले हराएको थियो। एफ ए कपको चौथो चरणमा पुगेपछि युनाइटेडले प्रिमियर लिगमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन।
२२ खेलमा टोली ३४ अंकसहित पाँचौं स्थानमा छ। एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ६१ अंक छ। त्यस्तै दोस्रो स्थानको म्यानचेस्रट सिटीको ४७, लेस्टर सिटीको ४५ र चेल्सीको ३९ अंक छ।