काठमाडौं– नेपाली फिल्म क्षेत्रमा एक समयमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापा पछिल्लाे समय सुस्ताएकी थिइन्। अभिनेत्रीबाट निर्देशकसमेत बनेकी रेखाले आउँदै गरेकाे नयाँ वर्षलाई लक्षित गरी फिल्म बनाउने भएकी छिन्।
उनले आफ्नाे नयाँ फिल्ममा पछिल्लाे समय बढी रूचाइएका कलाकारद्वय दयाहाङ राई र सौगात मल्ललाई लिने बताएकी छिन्। रेखाले नयाँ फिल्मका लागि राई र मल्लसँग टिमअप भएकाे जानकारी दिएकी छिन्। रेखा फिल्मस्को छैटौं प्रस्तुति नाम नताेकिएकाे उक्त फिल्ममा सविर श्रेष्ठको निर्देशन रहने बताइएकाे छ।
‘मालिका’ फिल्म जस्तै नारी प्रधान रहने उक्त फिल्म बैशाखबाट फ्लोरमा जानेछ। रेखाको नयाँ फिल्मको कथा जगदिश्वर थापाले लेखिरहेका छन्। रेखाका अनुसार फिल्मको लाइनअप बलियो बनाउन सौगात र दयाहाङलाई लिड राेलमा लिन लागिएकाे हाे।
यस अगाडि रेखाले दयाहाङसँग फिल्म ‘नीरफूल’मा काम गरेकी छन्। दयाहाङ र सौगातले भने रेखाको फिल्म खेल्ने बिषयमा आधिकारीक धारणा सार्वजनिक गरेका छैनन्।