एजेन्सी– शाकाहारी बनेका कारण अमेरीकाका एक व्यक्तिले पुर्नजन्म पाएका छन्। रोब मुबेरी नाम गरेका उनी घातक मानिने क्यान्सर रोगबाट मुक्त भएका हुन्। उनकाे ठूलो आन्द्रामा लागेको क्यान्सर शाकाहारी भएपश्चात् निकाे भएकाे हाे।
सन् २०१२ मा मुबेरीलाई कोलोरेक्टल क्यान्सर वा ठूलो आन्दाको मुख्य भागमा क्यान्सर भएको थियाे। डाक्टरहरूले गुलियो तथा जङ्क फुडका कारण क्यान्सर चौथो चरणमा पुगेको बताएपछि मुबेरी निकै चिन्तित बनेको थिए।
कलेजोसम्म फैलिसकेको क्यान्सरलाई अप्रेशन, केमो तथा रेडियोथेरापी गरे पश्चात नगन्य सुधार आएपछि उनले शाकाहारी भोजन गर्न शुरू गरेका थिए। शाकाहारी भोजन गर्न शुरू लगत्तै उनको क्यान्सर सन् २०१३ मा ८० प्रतिशतले घटेको थियो। बारमा काम गर्ने मुबेरी अहिले क्यान्सरबाट मुक्त भइसकेका छन्।
२ जुम्ल्याहा सन्तान र श्रीमति सँग बस्दै आएका उनले क्यान्सर पिडित अन्य विरामीलाई सहयोग गर्ने उद्देश्यले एउटा कल्याणकारी संस्था पनि स्थापना गरिसकेका छन्। अमेरिकी लोक गायक टिम म्याकग्रअले मुबेरीबारे ट्विट गरेपछि उनको कथा यतिबेला भाइरल बनेको छ।