एजेन्सी – संयुक्त राज्य अमेरिका र चीनले आफुहरुबिच व्यापार युद्धलाई खुकुलो बनाउने लक्ष्यले एक सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पल वाशिङ्गटनमा बोल्दै यो नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि ‘परिवर्तनकारी’ हुने बताएका छन्।
चिनियाँ नेताहरूको अनुसार यो सम्झौताले सबैको जित हुने जनाएका छन्। त्यस्तै उनीहरुले यो सम्झौताले दुई देश बीचको सम्बन्धमा सुधार ल्याउन सघाउ र्पुयाउनेसमेत विश्वास राखेका छन्।
अमेरिकाबाट आयात हुने सन् २०१७ को अवस्थाभन्दा बढी २ सय अर्ब डलर बराबर हुने गरी बढाउने चिनको योजना रहेको छ र बौद्धिक सम्पत्ति अधिकारका नियमहरूमा कडाइ गरिने प्रतिबद्धतापनि चिनले जनाएको छ।
अमेरिकाले चिनियाँ उत्पादनहरूमा लगाएको केही नयाँ करहरूलाई आधाले घटाउन सहमति जनाए पनि धेरैजसो सीमासँग सम्बन्धित करहरू भने कायमै छन्, जसको कारण दुई देशबीच थप वार्ताहरू हुनु पर्ने माग केही व्यापारिक समूहहरूले राखेका छन्।