काठमाडौं– फिल्म ‘लक्का जवान’ को शीर्ष ‘मन त मेराे’ सार्वजनिक भएको छ। काठमाडाैंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उक्त गीत सार्वजनिक गरेकाे हाे।
बब्लु गिरीको संगीतमा तयार भएको यो गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ। यस गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरुलाई लाई देख्न सकिन्छ। भिडियोमा नायिका प्रियंका कार्की र दिलिप रायमाझीको जोडीलाई पनी देख्न सकिन्छ।
चैत्र २१ गतेबाट रिलिज हुन लागेको
‘लक्का जवान’ को शीर्ष गीत चैत्र २१ गतेबाट रिलिज हुन लागेको सार्वजनिक भएको छ। काठमाडाैं मा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो। यो गीत दर्शक तथा श्रोताको मुखमा झुन्डिने खालको छ।
बब्लु गिरीको संगीतमा तयार भएको यो गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ। यस गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरुलाई लाई देख्न सकिन्छ। भिडियोमा नायिका प्रियंका कार्की र दिलिप रायमाझीको जोडीलाई पनी देख्न सकिन्छ।
यस गीतमा नायक सलोन बस्नेत र नायिका वर्षा सिवाकोटीलाई जोडीको रुपमा देख्न सकिन्छ। यस्तै, चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि यस गीतको भिडियोमा देख्न पाईन्छ।
कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, मीत्र डी गुरुङको सम्पादन छ। चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन शिवहरि पौड्यालको रहेको पाईन्छ। अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छन्। यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ। गीतले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ।