काठमाडाैं – पछिल्लो समय डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले प्रयोगकर्तालाई आकर्षित गर्न विभिन्न योजना सार्वजनिक गर्दै आएको छ। यसै क्रममा खल्तीले क्यासब्याक अफर ल्याएकाे हाे। जसअनुसार खल्तीको एपबाट एनसेलको मोबाइल रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाइने छ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँगको सहकार्यमा कम्पनीले मोबाइल टपअप गर्ने वित्तिकै मोबाइल वालेटमै क्यासब्याक वापतको रकम फिर्ता दिनेछ। सन् २०१७ मा स्थापना गरेको खल्ती एप एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो।
बजारमा आएको दुई वर्ष र केहि महिनाको छोटो अवधिमै खल्तीले यो कोशेढुंगा पार गर्न सफल भएको छ। खल्ती को मोबाईल एप खल्ती डटकमबाट डाउनलोड गर्न र विभिन्न प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सकिन्छ। खल्तिको मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।