काठमाडाैं– चर्चित एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि मिस कल सर्भिस सुरु गरेको छ। जसअनुसार कल ब्याक सुविधा, मिनि स्टेटमेन्ट र ब्यालेन्सको जानकारी माेबाइलमै दिने गरी बैंकले मिस कल सेवा सुरु गरेको हो।
बैंककाे अनुसार अब एनआईसी एशिया बैंकमा खाता रहेका ग्राहकहरुले ९८०१२२७७५५ मा मिसकल गरे पुग्छ। मिसकल गरेको केहो समयमै बैंक अाँफैले नै ग्राहकलाई कलब्याक गर्ने र त्यसबाट आवश्यक बैंकिङ जानकारी लिन सकिने जनाइएको छ।
यसैगरी ९८०१२२७७३३ मा कल गरी बैंकमा रहेको आफ्नो खाताको ब्यालेन्स बुझ्न सकिनेछ भने ९८०१२२७७४४ मा डायल गरी मिनि स्टेटमेन्ट मोबाइलमै पाउन सकिनेछ।