काठमाडौं – समोसा बाहिर पीठो र भित्र आलु लगायतका तरकारी राखी तेलमा तारेर पकाइने एक परिकार हो। यो एक नेपाली खाना हो| स्वास्थ्य बिग्रने डरले प्रायः मानिसहरु समोसा खादैनन्। आजभोली जन्क फुडप्रति नेपालीको लगाव बढ्दै गइरहेको छ। समोसा छाडेर बर्गर खाने चलन नयाँ पुस्तामा झनै बढिरहेको छ।
नेपालमा जस्तै भारतमा पनि यही समस्या छ। बर्गरको तुलनामा समोसा स्वास्थ्यका लागि अत्यधिक फाइदाजनक हुन्छ। समोसा बनाउने विधिमा ताजा र केमिकल मुक्त तरिका हुन्छ। शुद्ध गहुँको आँटा, उसिनिएको आलू, केराउ, नुन, मरिच, मसाला, खुर्सानी र सब्जीको तेल वा घिऊ जस्ता वस्तुहरु समोसा बनाउँदा प्रयोग गरिन्छ। यिनीहरु स्वास्थ्यका लागि हानिकारक छैनन्।