काठमाडौं – गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइकल अधिकारी’को छायांकनमा सुरु भएको छ।
चलचित्रले सेरोगेसीको कथालाई प्रस्तुत गरेको छ। यस चलचित्र रञ्जित रौनियारको कथामा रहेको छ। चलचित्रलाई रौनियारले नै निर्देशन गर्नेछन्। चलचित्रको पटकथा तथा संवाद शैलेश कँडेलले लेखेका हुन्।
यस चलचित्रको मुख्य भूमिका सौगात मल्ल र श्रृष्टी श्रेष्ठको रहेको छ। माघे संक्रान्तिको अवसर पारेर बुधबारबाट चलचित्रको छायांकन सुरु गरिएको छ। झापाको विर्तामोड पुगेर चलचित्रले आफ्नो छायांकन सुरु गरेको हो।
चलचित्रमा सौगात र श्रृष्टी फरक अवतारमा देख्न् पाईनछ। उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गर्दैछन् र यो चलचित्र चैत २८ गते रिलिज गर्नेतयारी यसको निर्माणपक्षले गरेको छन्। चलचित्रमा सौगात र श्रृष्टीसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतको अभिनय रहने छ।