काठमाडौं – पाचन पक्रियामा राम्रो बनाउन जिरा लाभदायी छ। मसलाको रुपमा मात्र चिनिने जिरालाई अब औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ। आज हामी जिराका औषधीय गुणको बारेमा जानकारी दिँदैछौँ।
जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ, जिरा पानीले एसिडको असरलाई कम गर्दछ। दैनिक बिहान खाली पेटमा यस्तो पानी पिउँदा पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ। जिरा पानीले रक्तसञ्चार नियमित बनाउँछ। साथै हात खुट्टा बाँउडिने समस्या कम हुन्छ, शरीर भित्रको विकार बाहिर निकाल्न मद्दत गर्छ।
यसले शरिरलाई डिटक्सीफाइ गर्न सहयोग गरी विभिन्न रोगबाट बचाउँछ। जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ। जिराको पानीमा आइरन प्रशस्त पाइन्छ। यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ। शरीरमा हुने रगतको कमीको समस्या टाढा राख्छ, जिरा पानी नियमित पिउँदा शरीरमा बोसोको मात्र सन्तुलित हुन्छ। शरीरको तौल घटाउन मद्दत गर्छ।