एजेन्सी– चिनियाँ मोबाइल निर्माता कम्पनी जेडटीईको सहायक ब्राण्ड नुबियाले आफ्नो नयाँ उत्पादन ‘नुबिया जेड ट्वान्टी’ स्मार्टफोन अमेरिकामा सार्वजनिक गरेकाे छ।
चिनियाँ बजारमा भने सन् २०१९ अक्टोबरमै याे स्मार्टफोन सार्वजनिक भएको थियाे।जेड ट्वान्टी मिड रेन्जका अन्य स्मार्टफोनको तुलनमा याे फाेन उत्कृष्ट रहेको उल्लेख गरिएको छ।
फोनमा ८ जीबी र्याम र १२८ जीबी रोम रहेको छ। ८५५ प्लस चिपसेट राखिएको याे स्मार्टफोनमा बोडरलेस ६.४२ इञ्चको फुल एचडी प्लस डिस्प्ले र ५.१ इञ्चको डिस्प्ले रहेको छ।
ड्युल एमोलेड स्क्रिनका साथ स्न्यापड्रागन ८५५ प्लस प्रोससर प्रयोग गरिएको यो फोन प्रविधिको हिसाबले प्रिमियम रेन्जकाे मानिएको छ। त्यस हिसावले जेड ट्वान्टीलाई प्रिमियम रेञ्जको सस्तो फोन मान्न सकिन्छ।
कम्पनीले यसको बजार मूल्य ५७ हजार रुपैयाँ हाराहारीमा ताेकेकाे छ।