एजेन्सी– चुरोटले रक्तनलीहरुको भित्री भित्तामा रगतलाई बाक्लो बनाएर जम्ने संभावना बढाउछ। चुरोट सेवनले नराम्रो कोलेस्टेरोल बढाउछ र राम्रो कोलेस्टेरोल घटाउछ। यसले मुटुको रक्तनलीहरु साँघुरो बनाउन सक्छ। चुरोटमा हुने निकोटिनले मुटुको धडकनको गति र रक्तचाप बढाउछ।
यसले मुटुको रक्तनलीमा रगत जमेर मुटुको रक्तसञ्चारमा बाधा पुग्छ र हर्टअट्याक हुन्छ। एक अध्ययन अनुसार चुरोट सेवनगर्ने ३० देखी ५० वर्ष उमेरका मानिसमा चुरोट सेवन नगर्ने भन्दा हर्टअट्याकको सम्भावना ५ गुणा बढि हुन्छ। अमेरिकामा प्रत्येक ५ मृत्युमध्ये एक चुरोट सेवनका कारणले हुने अध्ययनले देखाएको छ।
चुरोट सेवनले हाइ ब्लड प्रेसर को सम्भावना अधिक हुन्छ।
चुरोटका कारणले भएको उच्च रक्तचाप नियन्त्रण गर्न पनि निकै गाह्रो हुन्छ। हर्टअट्याकको सम्भावना चुरोट छाडेको दिन देखी नै घट्दै जान्छ। चुरोट छाडेको १० वर्षमा हर्टअट्याकको सम्भावना चुरोट कहिल्यै सेवन नगर्ने सरह हुनपुग्छ। चुरोटले ब्रेनअट्याक, दम, क्यान्सर, बाझोपन र हड्डी कमजोर हुने रोगपनि गराउछ।