काठमाडौं– नेपाली बजारमा लामो समयसम्म १५० सीसी सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गरेको मोटरसाइकल होन्डा यूनिकर्न १५० पुनः नेपाली बजारमा भित्रिएको छ। केहि सयम बिक्री बन्द भएको यो मोटरसाइकल एबीएस सुबिधा थप गरेर होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले पुनः भित्र्याएको हो।
कम्पनीले नयाँ यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ। उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ। उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ। कम्पनीले सीबी यूनिकर्नको ग्राफिकमा परिर्वतन गरेर बजारमा उतारेको छ भने, मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन।
ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको यो मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ कालो अलोय ह्वील जस्ता विशेषता राखिएको छ। कम्पनीका अनुसार यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ। यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ। सुरक्षा फिचर अन्तर्गत यो बाइकमा सिगंल च्यानल एबीएस राखिएको छ।
स्याकार ट्रेड्रिङले यो मोटरसाइकलको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तय गरेको छ। यसका साथै कम्पनीले स्क्याच अफरसमेत ल्याएको छ। जसअन्तरगत ४ हजारदेखि १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ।