तस्वीर : खिम लामिछाने काजी
कास्की– पोखराको मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन्। चारैजना शिशु र आमाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ।
डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो। ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको थियो। चारै शिशु करीब डेढ केजीका रहेका छन्। पहिलो बच्चा छोरी (तौल १.६ कि.ग्रा), दोश्रो छोरा (१.३ कि.ग्रा), तेश्रो छोरी (१.३ कि.ग्रा), चौथो छोरी (१.४ कि.ग्रा) रहेका छन्।
डा. पाण्डेको अनुसार भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको तर शल्यक्रिया गर्दा चारवटा भेटिएको हो।