काठमाडाैं– ११ फेब्रुअरी २०२० मा नेपालमा ‘सेफर इन्टरनेट डे’ मनाइने भएको छ। सन् २०१९ बाट नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको हो।
‘राम्रो इन्टरनेटको लागि सँगसँगै’ भन्ने नारा सहित यो पटक चाइल्ड सेफ नेटले कार्यक्रमको आयोजना गर्नेछ। उक्त कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालमा इन्टरनेटलाई सुरक्षित र राम्रो बनाउनु रहेको छ।
चाइल्ड सेफ नेट एउटा बालबालिका तथा युवालाई अनलाइमा सुरक्षित राख्नको लागि काम गरिरहेको संस्था हो। यस पटकको सुरक्षित इन्टरनेट दिवसलाई युरोपीएन आयोगले पनि साथ दिएको छ।