एजेन्सी– हाम्रो घर वरिपरि स्वास्थ्यका लागि उपयोग हुने विभिन्न वनस्पतीहरु भएपनि त्यसकाे प्रयाेगबारे जानकारी नहुँदा त्यसै खेर गइरहेको हुन्छ। त्यसैले हामी हाम्रै घरआँगनमा उपलब्ध हुने आँपकाे पातकाे फाइदाबारे जानकारी गराउँदछौं।
मधुमेह जस्तो खतरा रोगीहरुलाई आँपको पात लाभदायी हुन्छ। शरीरमा चिनीको मात्रा बढी भयो भने त्यसलाई मधुमेह भनिन्छ। संसारभर मधुमेह रोगी दिनानुदिन बढ्दै गइरहेका छन्। यस्ता बिरामीको रगतमा ग्लुकोजको मात्रा आवश्यकभन्दा बढी हुने तथा रक्तकोशिकाले ग्लुकोजलाई राम्रोसँग उपयोग गर्न दिँदैन र शरीरका विभिन्न अंगहरुमा शिथिलता ल्याउँछ।
शारिरीक व्यायामको कमी, मोटोपना, असन्तुलित भोजन, खराब जीवनशैली आदिका कारण मानिसलाई मधुमेह लाग्छ। मधुमेह लागेमा पिसाब बढी लाग्ने, धेरै भोक लाग्ने, चोटपटक चाँडो निको नहुने र छाला सुख्खा हुने आदि लक्षणहरू देखा पर्छ।
मधुमेहबाट बच्नकाे लागि घरेलु उपाय अपनाउन सकिन्छ। त्यसकाे लागि आँपकाे पात प्रयाेग गर्न सकिन्छ। पहिला १०–१५ वटा आँपको कलिलो पातहरुलाई एउटा भाँडामा हालेर केहीबेर उमाल्नुहोस्, उमालिएको आँपको पातलाई एक रात त्यसै छोड्दिनुहोस्, भोलिपल्ट बिहान उक्त झोललाई तारेर पिउनुहोस्। यसलाई करीब २–३ महिना नियमित सेवन गरेमा नतिजा तपाईले थाहा पाउनुहुनेछ। यसको नियमित प्रयोगले तपाईको सुगरको मात्रामा निकै कमी आउँछ।