एजेन्सी – सिरियाको इडलिब प्रान्तमा सरकारी फौजले गरेको शक्तिशाली आक्रमबाट २१ जनाको मृत्यु भएको छ भने ८२ जना घाईते भएका छन्। रुस र टर्कीबीच युद्धविरामपछि अरिहा सहरस्थित तरकारी बजारमा आक्रमण भएको हो।
आक्रमणमा नागरिक सुरक्षा समूहका स्वयंसेवक समेत मारिएका छन्। स्थानीय मिडियाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेको छ। विद्रोही लडाकु प्रभावित देशको उत्तर पश्चिम प्रान्तमा पछिल्लो समय सरकारी फौजले निरन्तर हमला गर्दै आएको छ।