एजेन्सी– व्रत बस्नु स्वास्थ्यको लागि कति फाइदाजनक छ? यसको जवाफ सकारात्मक र नकारात्मक दुवै आउन सक्छ। तर पछिल्लो पटक गरिएको एक अध्ययनमा समयसमयमा दिनको १६ देखि १८ घण्टासम्म व्रत बस्दा स्वास्थ्यको लागि फाइदाजनक हुने देखिएको छ।
उक्त अध्ययनकाे अनुसार व्रत बस्दा मानिसको आयु लम्बिनेछ। अध्ययनको रिपोर्टअनुसार व्रत बस्दा मानिसको रक्तचाप घट्ने, तौल घट्नेछ। त्यस्तै मोटोपन, क्यान्सर, डाइबिटिज र मुटुसम्बन्धी रोगीलाई व्रत बस्ने सल्लाह दिन चिकित्सकहरुलाई सुझाएकाे छ।