काठमाडौं– मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु आज (बिहिबार) सार्वजनिक गरिएकाे छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त निर्णय सार्वजनिक गरेका हुन्।
यसैबिच सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले विदेशमा रहेका नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरुको पारिश्रमिक वृद्धि गर्नेपनि निर्णय गरेको छ।