काठमाडौं– पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो। आज पनि मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षासँगै भारी हिमपातको सम्भावना रहेको जनाएको छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसमः
माघ ३ गते(शुक्रबार)
देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।
रातिः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ ४ गते(शनिबार)
दिउँसो र देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।
माघ ५ गते(आइतबार)
दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुनसक्ने सम्भावना रहेको छ।
रातिः देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
देशको अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भारी हिमपातको रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारणलाई अनुरोध छ।