काठमाडौं – जैतुनको तेल हाम्रो छाला साथै कपालको लागि अति नै उत्तम मानिन्छ। यो तेलले कपालको जरादेखि नै हेरचाह गरेर कपाललाई पूर्ण पोषण पुर्याउँछ। यसबाहेक यसमा भिटामिन –इ पाइन्छ। जसले कपाललाई चम्किलो बनाउन सहयोग पुर्याउँछ।
फूलहरुको रस र ओलिभ ओयल
ओलिभ ओयल र फूलहरुको केही पत्रहरु मिलाएर एउटा भाँडामा रातभरी राख्ने र त्यसले दिनहुँ आफ्नो कपाल मालिस गर्दा लाभदायक हुन्छ। फूलहरुमा गुलाबको पत्रलाई प्रयोग गर्न सकिन्छ। तर, यो मिश्रणलाई २४ घण्टासम्म मिसाएर राख्नुपर्छ।
ओलिभ ओयल र मह
सानो कचौरामा सामान्य मात्रामा ओलिभ ओयल र मह मिसाउनुपर्छ। त्यसपछि त्यसलाई आफ्नो कपालको जरासम्म लगाउनुपर्छ। त्यसपछि कपाललाई एकै ठाउँमा समेटेर पूर्ण रुपले ढाक्नुपर्छ। कपाललाई ढाक्नका लागि कुनै कपडाको प्रयोग गर्न सकिन्छ। यो पेस्टलाई कपालमा लगाएपछि १० मिनेट पछि स्याम्पू लगाएर नुहाउनुपर्छ।
कागतीको बिउ, मरिच र ओलिभ ओयल
यदि तपाईंलाई कपाल बढाउन इच्छा छ भने कागतीको बिउ, मरिचको दाना र ओलिभ ओयललाई मिसाएर पेस्ट बनाउने। यो मिश्रणलाई कपालमा २० मिनेटसम्म राख्ने र त्यसपछि स्याम्पुले धुने।
ओलिभ ओयल र अण्डा
तपाईंको कपाल रुखो छ भने अण्डा लगाएर त्यसलाई केही मात्रा भए पनि बाक्लो बनाउन सक्नुहुन्छ। एउटा कपमा दुई वटा अण्डा फुटाउने र त्यसमा ओलिभ ओयल मिसाउने र त्यो मिश्रणलाई राम्रोसँग दुई मिनेटसम्म मिलाउनुहाेस। अब यो मिश्रणलाई कपालको जरासम्म लगाउनु पर्छ। १० मिनेटसम्म लगाउने र त्यसपछि स्याम्पु लगाएर नुहाउनुपर्छ। यसले कपाल चम्किलो हुनुको साथै बाक्लो बनाउँछ।