काठमाडौं – द्वन्द्वकालीन घटनाका मुद्दालाई टुंगोमा र्पुयाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छलफल भइरएको छ।
नेपालमा भएको १० वर्षे सशस्त्रद्वन्द्वका क्रममा मारिएका, बेपत्ता भएका तथा अंगभंग भएका व्यक्तिलाई न्याय दिन र त्यससँग सम्बन्धित मुद्धा टुंग्याउन केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुरबीच छलफल भइरहेकाे हाे।
शीर्ष तीन नेताबीचको छलफलमा द्वन्द्वकालीन घटनाका विषय टुंग्याउने गरी सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकलाई अघि बढाउने विषयमा छलफल गरीने छ। १० वर्षे द्वन्द्वकालका बेला भएका घटनामा तत्कालीन बिद्रोहीको नेतृत्व गरेका पुष्पकमल दाहाल, सरकारमा रहेका शेरबहादुर देउवा तथा नेपाली कांग्रेस नेतृत्व, सुरक्षा निकाय तथा प्रशासन घटनाको जिम्मेवार हुनुपर्ने माग उठ्ने गरेको छ।
द्वन्द्व पीडितले लामो समयसम्म न्याय नपाएको गुनासो गर्दै गर्दा सरकारले यी विषय टुंग्याउने गृहकार्यमा लागेको हो। सत्यनिरुपण तथा बेपत्ता आयोगका लागि सरकारले विधेयक ल्याएपनि अध्यक्ष को नियुक्ति हुने भन्ने टुंगो लागेको छैन्। दलहरुबीच नै कुरा नमिल्दा आयोगको नेतृत्व कसले पाउने भन्ने टुंगोमा पुग्न सकेको छैन्।
तस्विर :नेपाली पत्र