चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो गएको कारण सवारी आवागमन प्रभावित बनेको छ।
इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको जनाएको छ।