काठमाडौं – बदलिँदो जीवनशैली र गलत खानपानका कारण पनि स–साना बालबालिकामा कोलेस्ट्रोलको समस्या धेरै देखिन थालेको छ। सानैदेखि बालबालिकाको शरीरमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा कम उमेरमै उनीहरूमा उच्च रक्तचाप, मुटुसम्बन्धी रोग तथा हृदयाघात हुने सम्भावना बढी हुन्छ।
बालबालिकामा कलिलै उमेरदेखि किन देखिन्छ उच्च कोलेस्ट्रोलको समस्या र कसरी यसको समाधान गर्न सकिन्छ ? यसबारेमा सबैले बुझ्न जरुरी छ। गलत खानपान र खराब जीवनशैलीका कारण पनि धेरैलाई कोलेस्ट्रोलको समस्या हुने गर्छ। विशेषगरी बाल्यावस्थादेखि नै अत्यधिक मात्रामा बोसोयुक्त खानेकुराको सेवनले पनि यो समस्या सानै उमेरबाट देखिने गर्छ।
त्यस्तै मोटोपनाले पनि धमनीमा रक्तप्रभावमा समस्या भएर उच्च कोलेस्ट्रोलको समस्या निम्तिने गर्छ। खानपानसम्बन्धी अनियमितता, जङ्कफूड र फास्टफूडका कारण पनि बच्चाहरूमा मोटोपनाको समस्या तीब्र रूपमा बढ्ने गरेको छ। मोटोपना भएका बालबालिकामा कोलेस्ट्रोलको समस्या बढ्ने गर्छ। त्यसैले बच्चाहरूलाई सकेसम्म फास्टफूडबाट टाढै राख्नुपर्छ।
जब कि घ्यू, तेल, भुटेका तथा नुनिलो बदामले भने उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ। त्यसैले बदाम खानुअघि यस्ता कुरामा ध्यान दिन जरुरी छ।बदामलाई पानीमा भिजाएर खानु फाइदाजनक मानिन्छ। पानीमा भिजाउनाले बदाममा रहेको फ्याटको मात्रा कम हुने गर्छ र भिटामिन ‘ई’को मात्रा बढ्न थाल्छ।
विशेषगरी बच्चाहरूमा ३० प्रतिशतभन्दा बढी ट्रान्स फ्याट तथा १० प्रतिशतभन्दा बढी स्याचुरेटेड फ्याट दिएमा उनीहरूलाई उच्च कोलेस्ट्रोल हुने सम्भावना उच्च हुन्छ। यसबाहेक बच्चाहरूमा कोलेस्ट्रोलको समस्या कम गर्न पनि उनीहरूलाई नियमित व्यायामका लागि उत्प्रेरित गर्न जरुरी छ।