काठमाडौं– फागुन २३ गतेबाट रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य अभिनय रहेको छ।
यस चलचित्रकाे ‘तिम्रो घरको वरिपरी र दुखको काँडा’ बोलको गीत दर्शकमाझ हिट हुन पुगीसकेका छन्। यसैले पनि यी दुबै गीतको सफलताले चलचित्रको व्यापारमा ठूलो असर पर्ने अपेक्षा राखिन्छ। तर, नायक आकाश श्रेष्ठले चलचित्रको रोमान्टिक गीतमा आफूलाई मिस गरेको बताएका छन्।
चलचित्रको ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा आफूलाई कती मिस गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा ‘मिस त भैहाल्छ नी’ । पूजा र मैले लगातार चौथो चलचित्रमा काम गरेका छौ। आफूसँगै काम गरेको नायिका अरु नायकसँग देखिदा मिस पनि हुन्छ र सगैं सगैं खुशी पनि लाग्छ श्रेष्ठले भने।
कतिपय दृश्यमा त मैले पलमा आफूलाई पनि देखेँ। पलले पनि कतिपय स्थानमा मेरै अभिनय गर्नुभएको छ।’ म पल र पुजालाइ सुभकामना दिन चाहन्छु भन्दै आकाशले पल र पुजालाई शुभकामना पनि दिएका छन्। पूजा र आकाशको मूख्य भुमिकामा ‘रामकहानी’, ‘पोई पर्यो काले’, ‘सम्हालिन्छ कहिले मन’, ‘सम्झना विर्सना’ जस्ता फिल्महरु बनिसकेका छन्।