काठमाडौं– देशका विभिन्न क्षेत्रमा यतिबेला वर्षा भइरहेको छ। जाडो मौसम त्यसमाथि पनि पानी परेको अवस्था, जसले गर्दा बाहिरको मौसम निकै चिसो छ। चिसोको समयमा मानिसहरु घरबाहिर निस्कन निकै गाह्रो मान्छन्।
चिया चिसोको समयमा सबैलाई प्यारो लाग्छ। प्राय चियाको लतमा रहेकाहरुलाई समय–समयमा चिया खान मन लाग्छ। अझै पानी परेको वा जाडोको समयमा झन धेरै चिया खाइन्छ। चिया खादा तातो महसुस हुन्छ। नेपालीहरुको सभ्याता नै चिया बनेको छ।
गाउँघरमा होस् वा शहरबजारमा पाहुना पुग्ने वित्तिकै चिया पकाएर खुवाउने चलन रहेको छ। यस्तै साथीहरु भेटघाटको क्रममा पनि सबैभन्दा पहिला चिया नै खाने गरिन्छ। त्यसैले पनि नेपाली समाजमा चिया अनिवार्य छ। तर चियाले पारिवारीक, सामाजिक र साथीभाइबीचको सम्बन्धमा निकटता ल्याएपनि स्वास्थ्यका लागि भने निकै हानिकारक छ।
चियामा पाइने तत्वले स्वास्थ्यमा हानिकारकः
टेनिन– चियामा पाइने टेनिन भन्ने तत्वले शरीरमा कब्जीयत गराउँछ। यसले पाचन प्रणालीलाई पनि कमजोर बनाउछ। यसले निद्रालाई समेत प्रभाव पार्छ। टेनिनि नामक तत्वको प्रभाव रक्सीको जस्तै मिल्दोजुल्दो हुन्छ। यसको प्रभावले शुरुमा जाता भएको जस्तो अनुभव हुन्छ तर केही समयपछि यसको असरले थकान उत्पन्न हुन्छ। जसले गर्दा चिया खान मन लाग्छ।
थिन– चिया पिउँदा हामीलाई आनन्दको अनुभुती भएजस्तो लाग्छ। तर त्यो आनन्द होइन थिन नामक तत्वको प्रभाव हो। थिनको प्रभावले हाम्रो शरीरको ज्ञान तन्तुहरुको संगठनमा विषालु प्रभाव पार्छ।
क्याफिन– चियामा पाइने क्याफिन एउटा खतरनाक तत्व हो। यसको असर रक्सी तथा तम्बाखुमा हुने निकोटिनको जस्तै हुन्छ। यसले शरीरलाई निर्वल बनाई यौन दुर्वलता समेत ल्याउँछ। क्याफिनले मुटुको धड्कन बन्द गराउन समेत सक्छ।
आजभोली मुटु र रक्तवाहिनीमा समस्या भएका बिरामीहरु बढ्दै गएका छन्। यसरी बिरामीहरु बढ्नको कारण मध्ये एउटा कारण अधिक चिया पिउनु पनि हो। चियाको नसाले मानिसलाई बाहिर फुर्तिलो देखाएपनि भित्रभित्रै असर परिरहेको हुन्छ।
त्यसको असरले जोर्नी दुख्ने, मिर्गौलामा खराबी आउने, मुटु सम्बन्धी रोग लाग्ने सम्भावन हुन्छ। चियामा हुने टेनिनको कारण पेटमा समस्या आउन सक्छ। जस्तै पेट फुल्ने, कब्जियत हुने, पेट दुख्ने समस्या आउँछ। त्यसकारण चिया पिउनु रक्सी पिउनु जतीकै खतरनाक हो।
चियाको विकल्प– चिया खाने बानीे एकैपटक छाड्न गाह्रो हुन्छ। त्यसैले चिया दिनमा थोरै मात्रामा पिउने गरौं। साथै चियाको सट्टामा कागती पानी पिउने बानी बसाल्नु उपयुक्त हुन्छ।