एजेन्सी – मोबाइलफोनको दुनियाँमा स्मार्टफोन एक नयाँ र अत्याधुनिक प्रविधि युक्त मोबाइल हो। आजभोलि स्मार्टफोन आम मानिसको एउटा अनिवार्य साधन बनिसकेकाे छ। विश्वसँगै हाम्रो समाजले पनि सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिसकेकाे छ। त्यसको प्रष्ट उदाहरण हो स्मार्टफोन। हिजो ठूला साहुमहाजनको पहुँचमा मात्र सीमित स्मार्टफोन आलभोलि सर्वसाधारण जनताको जीवनपद्धति बनेको छ।
विगतका दिनहरूमा प्रिमियम स्मार्टफोनहरुको आगमन निरन्तर जारी रह्यो भने नयाँ स्मार्टफोनहरु विभिन्न नयाँ फीचरका साथमा आउने क्रम जारी नै छ। यसै क्रममा विश्व बजारमा गोलो आकारको स्मार्टफोन आएकाे छ। सीईएस २०२० मा प्रदर्शन गरीएकाे एउटा गोलाकार डिजाइनको स्मार्टफोन अहिले धेरैको चर्चाको विषय बन्न पुगरेकाे छ।
अमेरिकामा आधारित कम्पनीले निर्माण गरेको यो सर्कुलर आकारको स्मार्टफोन अहिले निर्माणकै अवस्थामा छ। तर कम्पनीले यसलाई २०२१ को पहिलो चौमासिकसम्ममा सार्वजनिक गर्ने दाबी गरेकाे छ। यसै किसिमको डिजाइन भएको टूजी मोडेलको फोन यस अघि २०१६ मा आएको थियो। त्यसपश्चात सार्कलले त्यस मोडलमा फोरजी एलटीई फिचरलाई थप गरेर यसको हार्डवेयरमा पनि सुधार गरेको छ।
अगाडि र पछाडि भागमा समान १३ मेगापिक्सेलको क्यामेरा रहेको यस फोनमा दुई सिम लाग्ने र दुईओटा हेडफोन ज्याकको सुविधा छ। यो फोनमा ६.४४x३x०.३४ इञ्चको डायमेन्सन, ३.४५ इञ्चको एलसीडी स्क्रिन डायमिटर रहेको छ। यसमा ८००x८०० पिक्सेल रेज्युलेसन रहेको छ। ३.४५ इन्चको टचस्क्रिन डिस्प्ले रहेको यो फोन, एन्ड्रोएइड नाइन अपरेटिङ सिस्टममा आधारित हुने कम्पनीले जनाएकाे छ।
यसमा २ जीबीको र्याम र १६ जीबीको स्टोरेज तथा रोम रहेको छ। यसको ब्याट्रो भने २ हजार एमएएचको रहेको छ। सार्कल कम्पनीका सीईओ क्रिस्टन सार्कका अनुसार विभिन्न गेमिङ एपहरुलाई यस्तो सर्कुलर डिस्प्ले फ्रेममा अटाउनका लागि आवश्यक काम भइरहेको छ। मोटो आकारका कारण यो फोनलाई पाइन्टको गोजीमा राख्न केही असहज हुनसक्ने देखिन्छ।
यसको मूल्य ७ सय अमेरिकी डलर हुने बताएको छ। कम्पनीले आफ्नो प्रिअर्डर अभियान यसै वर्षको दोस्रो चौमासिकमा सार्वजनिक गर्नेछ, जसमा ग्राहकहरुले यो फोनलाई ५ सय डलरको मूल्यमा प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ।
भिडियाे: बीबीसी