काठमाडौं– चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। नेपाल आएका विद्यार्थीमध्ये एक जनामा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि शुक्रराज सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा काेराेना भाइरसबाट संक्रमण भएकाे पता लागेकाे हाे।
तीन दिनसम्म अस्पताल भर्ना गरेर उनकाे विभिन्न परीक्षण गरिएको थियो। अस्पतालका चिकित्सक डा. शेरबहादुुर पुनले प्रारम्भिक रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी दिए। उनको अनुसार विद्यार्थीको केही परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ।
३ र ४ जना विद्यार्थीमध्ये एक जनामा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि उनको मात्र स्वास्थ्य परीक्षण गरिएको डा. पुनले जानकारी दिए। चीन, जापान, थाइल्याण्ड लगायत देशमा कोरोना भाइरसको संक्रमण बढेको छ। त्यसैले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ।