काठमाडौं– औषधि सेवन त गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौ। कुनैपनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने समयले पनि भूमिका खेल्छ। हाम्रो शरीरको अंग, अलग–अलग समयमा सक्रिय हुन्छ। त्यही कुरालाई ध्यानमा राखेर औषधिसेवन गर्नु बढी प्रभावकारी हुन्छ।
हाइ क्लेस्टोरको औपाधिः
कलेजोमा कोलेस्टोरको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ। त्यसैले राती सुत्नुअघि कोलेस्टोरको औपाधिसेवन गर्दा बढी प्रभावकारी हुन्छ।
हाटबर्नको औपाधिः
रातको १० बजेदेखि २ बजेसम्म हाम्रो पेटमा सबैभन्दा बढी एसिड उत्पादन हुन्छ। यदि एसिड कम गर्ने एचटु औपाधिसेवन गरिरहेका छौ भने, खाना भन्दा ३० मिनेट अघि ग्रहण गर्नुपर्छ। यसले गर्दा राती बन्ने एसिड नियन्त्रणमा सहयोग पुग्छ।
उच्च रक्तचापको औषधिः
सामान्यत उच्च रक्तचाप ५५ बर्षभन्दा बढी उमेर भएकाहरुमा घट्दैन। त्यसकारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ। शोधकर्ताका अनुसार रातको समयमा उच्च रक्तचाप कम गर्नाले हाम्रो आट्रयािजनमा आरम मिल्छ। त्यसैले प्रभावकारी त्यसबेला हुन्छ, जब उच्च रक्तचापको औपाधिराती सुत्नुअघि सेवन गरिन्छ।
एलर्जीको ओषधिः
एलर्जीको लागि लिइने एन्टि हिस्टामाइन्स ट्याबलेट्स लिएपछि निन्द्रा लाग्छ। यस्तो अवस्थामा दिउँसुो औपाधिसेवन गर्दा काम गर्न झर्को लाग्न सक्छ। त्यसैले एलर्जीको औपाधिराती नै सेवन गर्नुपर्छ।
डिप्रेसनको औपाधिः
डिप्रेसन एवं चिन्ता हटाउने औपाधिएन्टि डिप्रेसेन्ट सेवन गरेपनि निन्द्रान लाग्छ। यसकारण यो औपाधिपनि राती सुत्नुअघि सेवन गर्नु राम्रो हो।