एजेन्सी – डिजाइनर नताशा दलाल र नायक बरुण धवन लामो समयदेखि प्रेममा छन्। बरुण र नताशा आफ्नो सम्बन्धलाई सधै नै एउटा स्थानमा राख्ने गर्छन्।
केही महिनादेखि सार्वजनिक कार्यक्रममा नताशा र बरुण, एकैसाथ देखिन थालेका छन्। उनीहरुले नयाँ बर्ष पनि एकसाथ मनाएका थीए। भारतीय मिडियाका अनुसार वरुण र नताशाको बिहे मे महिनामा गोवामा हुने छ। नताशा वरुणको परिवारसँग नजिक छिन्। उनलाई वरुणका पिता डेभिड धवनले निकै रुचाउँछन्।
बलिउडकर्मीलाई मे महिनाको तेश्रो साता समय निकाल्न पनि खबर गरिसकेका छन्। उनीहरु, केही बलिउडकर्मीको जस्तो देश बाहिर गएर बिहे गर्ने सोचेका छैनन्।
बरुण अहिले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। ‘मिस्टर लेले’को काम सकेपछि वरुण बिहेको तयारीमा लाग्नेछन्।उनीहरुको बिहेको तयारी भने भैसकेको छ।