काठमाडौं– जंकफुुड खानाले हिजोआज बच्चाहरूको तौल चाहिने भन्दा बढी हुने गरेको छ। आफ्नो आमाको दुध राम्ररी खान नपाएका बालबालिकाहरू बजारमा पाइने विभिन्न खानेकुरा खानाले मोटोघाटो देखिने गरेका छन्।
अझ विकसित देशहरूमा त बच्चाको मोटोपन मुख्य समस्या नै बनेको छ। तर अनुसन्धान के भन्छ भने, जो बच्चाले लामो समयसम्म आमाको दुध खान पाएको अर्थात स्तनपान गर्न पाएको हुन्छ उसमा मोटोपन हुनु सम्भावना निकै कम हुन्छ।
एक अध्ययनकाे अनुसार जो बच्चालाई ६ महिनासम्म ‘एक्सक्लुसिभ ब्रेसफिुडिङ’ गराइन्छ त्यो बच्चामा मोटोपन हुनेसम्भावना १५ प्रतिशत कम हुन्छ र बलियो, दह्रो र फुुर्तिलो हुन्छ। अनुसन्धानले भन्छ, बच्चाको मात्रै होइन आमाको स्वास्थ्यमा समेत फाइदा पुग्छ।