एजेन्सी– अमेरिकामा जनवरी पहिलो साता आयोजित कन्जुमर इलेक्ट्रोनिक सौर्य ऊर्जाबाट चल्ने ट्राईसाइकल प्रदर्शन भएकाे थियाे। फ्रेन्च स्टार्टअप कम्पनी वेलोले प्रदर्शन गरेकाे साे ट्राईसाइकलमा चारजना सम्म बसेर यात्रा गर्न सकिने कम्पनीले जनाएकाे हाे।
यसलाई कारको विकल्पको रुपमा पनि हेरिँदै आएको छ। भिडभाड हुने इलाका र सडकमा सजिलै यात्रा गर्न सकिने याे ट्राईसाइकललाई सामान ओसार्नमा पनि प्रयोग गर्न सकिन्छ। कम्पनीको अनुसार कम दुरीका स्थानमा सामान पुर्याउन र शहरमा यात्रा गर्न यो एक उपयुक्त साधन हो। जसलाइ सिङ्गल चार्जमा १०० किमी दुरी सम्म चलाउन सकिन्छ।
फ्यामिली कार र बाइकको हाईब्रिड भनिने यस ट्राईसाइकलमा स्टान्डर्ड बाइकको जस्तै कन्भेन्शनल प्याडल पनि दिईएको छ, यसमा रिचार्जेबल ब्याट्री र सोलार प्यानल पनि रहेको छ। यसमा एक व्यक्ति अगाडी बस्न मिल्दछ भने पछाडी एक व्यक्ति र दुई बच्चा बस्न सकिने छ।
यसका साथै यसमा रहेकाे पछाडिको सिट निकालेर यसलाई कार्गो बाइकमा पनि बदल्न सकिन्छ। जसमा ८०० लिटरसम्मको बुट स्पेस र ८० किलोसम्मको भार ओसार्न सकिने कम्पनीकाे दाबी छ। पातलो रहेको याे ट्राईसाइकललाई बाइक लेन र कम्प्याक्ट जोनमा पनि पार्क गर्न सकिनेछ। जसकाे लम्बाई ७.४ फिट र चौडाई २.७ फिट रहेको छ।