काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लाभांश प्रस्ताव सहितसाधारण सभा गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
गत वर्षको वित्तीय विवरण पारित गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।
कम्पनीको साधारण सभा माघ २४ गते राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग्स्थित सभाहलमा दिउँसो २ बजे शुरु हुने बैंकले बताएको छ।